Logo

एमबीबीएस र बीडीएसको वार्षिक परीक्षा स्थगित



काठमाडौँ, १८ कार्तिक । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को आगामी कात्तिक २० गतेदेखि हुने भनिएको वार्षिक परीक्षा स्थगित भएको छ ।

आईओएमले सोमबार सूचना जारी गदै आगामी २० गतेदेखि हुने भनिएको वार्षिक परीक्षा स्थगित भएको जनाएको हो । आईओएमले परीक्षाको नयाँ तालिता छिट्टै प्रकाशित गर्ने समेत जनाएको छ ।

यसअघि आईओएमले कात्तिक २० गतेदेखि बीडीएस र २१ गतेदेखि एमबीबीएस प्रथम वर्षको वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको थियो । तर विद्यार्थीहरुले मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै आन्दोलन गर्दै परीक्षा फारम समेत भरेका थिएनन् ।

विद्यार्थीहरुले वार्षिक परीक्षाको तालिका नै सार्नुपर्ने माग राख्दै आइतबार आईओएममा धर्ना दिएपछि आईओएमले विद्यार्थीहरुसँग परीक्षा सार्ने सहमति गरेको थियो । विद्यार्थीहरुसँग भएको सहमति अनुसार आईओएमले कात्तिक २० गतेदेखि हुने भनेको बीडीएस र २१ गतेदेखि हुने भनिएको एमबीबीएसको वार्षिक परीक्षा स्थगित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्