Logo

यस्तो छ प्रेम चर्चा बारे बर्षाको जवाफ



काठमाडौँ, ४ कार्तिक । दशैं सकाएर नायिका बर्षा सिवाकोटी अमेरिका उडेकी थिइन् । तिहार नजिकिंदै गर्दा नायिका सिवाकोटीको प्रेम सम्बन्ध सार्वजनिक भएको छ । अमेरिकामा बस्ने नेपाली ठिटोसँग बर्षाको प्रेम अँकुराइ रहेको अनलाइन मिडियामा खबर छाएका छन् ।

अमेरिकामा रहंदै आएका सविनजंग थापाले बर्षासँगको स्टोरी आफ्नो इन्स्टाग्राममा पोस्ट गरेपछि नेपालका अनलाइन मिडियाले यसैलाई आधार बनाएर समाचार तयार गरेका हुन् । हुन पनि बर्षा नेपालबाट उडेदेखि अमेरिकामा घुमघाम गरेका स्टोरी इन्स्टामा खुलेर पोस्ट गरेका छन् । यस्तैमा आफ्नो प्रेम चर्चा बारे बर्षाले बताएकी छिन् ।

बर्षाले सविनजंग नजिकको साथी भएपनि प्रेमी नै हो भन्ने चाहिं अस्विकार गरिन् । अझ बिहे हुने कुरामा त उनले आश्चर्यता प्रकट गरिन् । सविनजंगसँग खास सम्बन्ध के हो त ? यो बर्षालाई नै थाहा होला, बाँकी समयले बताउँला ।

प्रतिक्रिया दिनुहोस्