Logo

बुद्धशान्तिको पर्यटन प्रवर्द्धनमा सघाउदै फूल बुट्टे चोली



नबिना कुईकेल ।
झापा, ४ कार्तिक ।
हरकोहीसंग छुट्टाछुट्टै कला हुन्छ । त्यो कलालाई प्रस्तुत गर्न वा कलाकार बन्न राजधानि नै पुग्नुपर्छ भन्ने मानसिकता अधिकाशंमा छ तर यो मानसिकतालाई चिर्दै स्थानिय स्रोत साधनको प्रयोग गर्न सके कलाकारितामा अझ प्राकृतिक सौन्दर्यता थपिन्छ भन्ने उदाहारण बनेका छन् झापा बुद्धशान्ति गाँउपालिकाका केहि यूवा । बुद्धशान्तिकै पर्यटकिय स्थललाई समेटेर स्थानिय स्तरमै रहेका कलाकारहरुले फूल बुट्टे चोली बोलको गीत बजारमा ल्याएका छन् ।

उदयीमान गायक बिर पंधाकको सुमधुर आवाज रहेको गीतमा गायक तथा संगीतकार बिनोद खम्बुले संगीत भरेका छन् । लामो समयदेखि कलाकारीततामा नृत्य विधा अङ्गाल्दै आएका बुद्धशान्ति ६ घर भएका निर्देशक अशोक लाखेले निर्देशन गरेको उक्त गीतमा योदिन सम्बाहाम्फेले दृश्यलाई कैद गरेका छन् ।

बुद्धशान्ति भित्रै छायाङ्कन गरिएको उक्त म्युजिक भिडियोमा बुद्धशान्तिका प्राय पर्यटकिय क्षेत्र समेटिएको निर्देशक लाखेले जानकारी दिए । उनले भने “बुद्धशान्तिको ऐतिहासिक तथा धार्मीक पर्यटकिय क्षेत्र ठुटेवर, बर्ने चिया बगान, टेर्वन एण्ड टिमाई रिसोर्ट, गडिगाँउ माध्यमिक विद्यालय लगायत स्थानमा छायाङ्कन गरिएको गीतले गीत संगीतका तर्फबाट पनि पर्यटन, कला संस्कृति साथै स्थानिय स्तरमा उत्पादन भएका वस्तुको प्रवर्धन गर्न सकिने छ। “

राज माबोले सिर्जना गरेको उक्त गितमा गोपाल खतिवडा, पवित्रा ढकाल र ममता पौड्यालको मुख्य भुमिकामा अभिनय रहेको छ । गितमा पर्यटन प्रवर्धन साथै मायाप्रेमका कुरा समेटिएको छ । म्युजिक भिडियो निर्माणमा गडिगाँउ मा.वि. र शिद्वेश्वर प्रतिभा बाल बगैँचा नामक बाल क्लबको सहयोग रहेको निर्देशक लाखेले बताए ।

प्रतिक्रिया दिनुहोस्