Logo

चलचित्र ‘बादशाह जुट’को ‘सुसाइड’ गीत सार्वजनिक



काठमाडौँ, ३ कार्तिक । कात्तिक १५ बाट रिलिजको तयारीमा रहेको चलचित्र ‘बादशाह जुट’को ‘सुसाइड’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नायक सुशिल श्रेष्ठको साथमा आमिर गौतम, रोषी खड्का, केइसा रावतले अभिनय गरेका छन् । गीतमा कोशिस क्षेत्री र रुपक डोटेलको स्वर , जोनी सिंह रानाको शब्द र कोशिसकै आफ्नै संगीत रहेको छ । भिडियोलाई विक्रम स्वाँरले कारियोग्राफी गरेका छन् ।

अभिषेक शशी कुमारको पटकथा रहेको चलचित्रको हर्क बहादुर कुँवर र भोजरा श्रेष्ठ निर्माता हुन् । चलचित्रमा उत्तम हुमागाँइको छायांकन, दिर्घ खड्काको सम्पादन, राजकुमार उप्रेतीको द्धन्द्ध र जोन सिंह राणाको निर्देशन रहेको छ । चलचित्रमा सुशिल ,आमिर, रोषी, केइसासँगै रोविन तामाङ , रश्मी पाण्डे , कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्