Logo

सुनसरीमा रात्रिकालीन फुटबलको तयारी



इनरुवा, २७ असोज । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रथम अध्यक्ष कप रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको छ ।

सुनसरी युथ क्लब इनरुवाले कात्तिक ५ गतेबाट प्रतियोगिता संचालनमा ल्याउन लागेको हो ।
प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाउने आयोजक संस्थाका अध्यक्ष अफजल हुसेनले बताए । प्रतियोगिताका खेलहरु भोक्राहामा रहेको जामिया इस्लामियाको मैदानमा खेलाइने छन् ।

प्रतियोगिताको बिजेताले शिल्ड सहित नगद ५० हजार पाउने छ भने उपबिजेताले २५ हजार प्राप्त गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्