Logo

चिनियाँ राष्ट्रपतिको भ्रमणमा केरुङ–काठमाडौँ रेल्वे सम्झौता हुन्छः डा भट्टराई



काठमाडौँ, २३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले चिनियाँ राष्ट्रपतिको दुईदिने नेपाल भ्रमणका क्रममा केरुङ–काठमाडौँ रेल्वेसम्बन्धी सम्झौता हुने बताएका छन् ।

राजधानीमा बुधवार आयोजित एक अन्तक्र्रियामा उनले सम्झौताका लागि अहिले दुवै देशका उच्चस्तरीय अधिकारीबीच संवाद निरन्तर भइरहेको जानकारी दिँदै चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको नेपाल भ्रमण ऐतिहासिक र राजकीय भ्रमण भएकाले विशेष महत्वको हुने बताए ।

यसअघि नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीनको राजकीय भ्रमण गरेको र नेपालको राष्ट्रपतिको निम्तो स्वीकारेर चिनियाँ राष्ट्रपतिले आगामी शनिबार गर्ने भ्रमाणले दुई देशका साथै जनताबीच बलियो सम्बन्ध बनाउने बताउँदै उनले कूटनीति र आर्थिक क्षेत्रमा नेपालको परराष्ट्र नीति सुदृढ रहेको र सोहीअनुसार सफलता कायम हुँदै गइरहेको बताए । शनिबार नै चिनियाँ राष्ट्रपतिले राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेतासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्