Logo

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिबाट टीका ग्रहण



काठमाडौँ, २१ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीबाट बडा दशैँका अवसरमा आज शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले टीका ग्रहण गरेका छन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उनकी धर्मपत्नी राधिका शाक्यसहित विशिष्ट महानुभावलाई टीका लगाइदिएकी हुन् ।

यसैगरी, राष्ट्रपति भण्डारीले प्रधानन्यायाशीध चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, उच्च अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायतलाई टीका लगाइदिएकी छन् ।

राष्ट्रपति भण्डारीले सर्वसाधरणलाई पनि टीका लगाउने कार्यक्रम छ ।

काठमाडौँ, २१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा आज प्रधानमन्त्री निवास बालुवाटारमा पिता मोहनप्रसाद ओलीबाट टीका लगाएका छन् ।

प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्य, परिवारजन, उपस्थित उपप्रधानमन्त्री, मन्त्रीगण तथा नेता कार्यकर्ता, कर्मचारी र सुरक्षाकर्मीलाई पनि टीका लगाए ।

प्रधानमन्त्री ओलीले आज कार्यकर्ता र सर्वसाधरणलाई पनि टीका लगाउने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्