Logo

प्रधानमन्त्री ओली झापामा



झापा, २० असोज । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका छन् ।

आज बिहान झापा आएका प्रधानमन्त्री ओलीले दशैँ, तिहार, छठको उपलक्ष्यमा दमकमा आज आयोजना हुने शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन भद्रपुर विमानस्थल आइपुग्दा पार्टी नेता तथा सरकारी अधिकारीले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीले बर्सेनी दशैँ, तिहार र छठ पर्वका अवसरमा विगत २५ वर्षदेखि शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आएका छन् ।

कार्यक्रममा प्रदेश नं १ सरकारका उच्चपदाधिकारी र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी छन् । प्रधानमन्त्री ओली आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्