Logo

काठमाडौं महानगरका मेयर शाक्यलाई डेंगुको आशंका



काठमाडौं, १७ असोज । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई डेंगुको संक्रमण भएको आशंका गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मेयर शाक्य उपचारका लागि ब्लू क्रस अस्पताल त्रिपुरेश्वर पुगेका थिए ।

मेयर शाक्यका प्रेस संयोजक मोहन बास्तोलाका अनुसार चिकित्सकले डेंगुको आशंका गरेका छन् । शाक्य घरमै आराम गरिरहेका छन् ।

यसअघि कृषिमन्त्री चक्रपाणि खनालमा पनि डेंगुको संक्रमण देखिएको थियो । हालसम्म मुलुकका विभिन्न स्थानमा डेंगुका कारण सात जनाको ज्यान गएको छ भने हजारौंं प्रभावित छन् ।

प्रतिक्रिया दिनुहोस्