Logo

‘आमा’को फष्टलुक सार्वजनिक



काठमाडौं, १६ असोज । दीपेन्द्र के. खनालको निर्देशन रहेको फिल्म ‘आमा’को फस्टलुक सार्वजनिक गरिएको छ । निर्माण युनिटले दशैको अवसर पारेर फष्टलुक सार्वजनिक गरिएको हो ।

निकै मार्मिक र मनछुने तीन पोस्टरका डिजाइन फष्टलुकको रुपमा बाँहिर ल्याइएको हो । पोष्टरमा फिल्मका दुई कलाकार मिथिला शर्मा र सुरक्षा पन्त देखिएका छन् । सुरक्षा अर्ध मुण्डनमा देखिएकी छिन् ।

नेपालमा बनेको पहिलो फिल्म ‘आमा’को नाम सापटी लिदै बनेको यो फिल्मको लेखन पनि दीपेन्द्रले नै गरेका हुन् । शर्मिला पाण्डेले निर्माण गरेको फिल्मको रिलिज मिति आगामी फागुन ९ तोकिएको छ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्म ‘आमा’ आमा र छोरीको कथामा निर्माण भएको हो ।

मिथिला र सुरक्षाको अलवा फिल्ममा, देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतको मुख्य भूमिका रहेको छ । फिल्म पनि निर्देशक खनाल आफैले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्