Logo

तलब नपाएको भन्दै स्वास्थ्यकर्मीहरुले पारे सेवा ठप्प



मोरङ, १५ असोज । दशैंको मुखमा तलब नपाएको भन्दै इनरुवा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।

हड्तालमा उत्रिएका स्वास्थ्यकर्मीहरुको अवरोधका कारण ओपीडी सेवा पूर्ण रुपमा ठप्प हुन पुगेको छ । स्थाई कर्मचारीलाई तलब दिँदा आफुहरुलाई नदिइएकाले हडतालमा उत्रिनु परेको करारका कर्मचारीहरुको भनाई छ ।

करार र व्यवस्थापन समिति मातहकका कर्मचारीले काम ठप्प पार्दा इनरुवा अस्पतालको सेवा प्रभावित बन्न पुगेको छ । ओपीडी सहितका सेवा ठप्प पारिएको विषयमा अस्पताल व्यवस्थापन समितिले भने असन्तुष्टि पोखेको छ ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा बन्द हड्ताल जायज नहुने भन्दै कर्मचारीहरुलाई काममा फर्किन समितिले आग्रह गरेको छ । समितिका अध्यक्ष गोपाल राजभण्डारीले ठप्प पारिएको सेवा सुचारु गरी कर्मचारीहरुलाई काममा फर्कन अल्टिमेटम दिएको बताए ।

तलबको विषय सम्बोधन गर्न तयार रहेको बताएका भण्डारीले अवरुद्ध सेवा सुचारु नगरिए स्वास्थ्यकर्मी सहित कर्मचारीको हकमा मातहतमा कार्वाहीको सिफारिस गरी पठाउने वहाँले चेतावनी समेत दिए ।

उता अस्पताल प्रशासनले मेसु बिना शाक्य काठमाडौ‌ गएकाले छुटेका कागजपत्रको सवालमा समन्वय गरी तलब लगायतको प्रकृया अघि बढाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्