Logo

बलात्कारको अभियोगमा ४ जना पक्राउ



मोरङ, ५ असोज । प्रहरीले मोरङको ग्रामथान गाउँपालिका ७ केराघारीमा एक १७ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ग्रामथान गाउँपालिका ५ बस्ने २० वर्षीय सुरेश थानदार, सोही स्थान बस्ने २५ वर्षीय कमल पुरी, २२ वर्षीय सन्तोष कुमार माझी र २२ वर्षीय प्रकाश कुमार थारुलाई पक्राउ गरेको हो ।

किशोरीलाई बलात्कार गरे लगत्तै ईलाका प्रहरी कार्यालय हरैंचाको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । घटनामा संलग्न एक जना फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्