Logo

भोलीबाट २० र ५० रुपैयाँको नयाँ संकेत भएको नोट चल्तीमा आउने



काठमाडौँ, २६ भदौ । नेपाल राष्ट्र बैंकले नयाँ संकेत भएको २० र ५० रुपैयाँको नोट भोलीबाट चलनचल्तीमा ल्याउने भएको छ ।

रुपैयाँ २० दरको सिरिज वि.सं. २०७२ संकेत नं. ञ/४१०००००१ देखि ञ/४१ ९९९९९९ सम्म र रुपैयाँ ५० दरको सिरिज २०७२ संकेत नं. ज/८६ ०००००१ देखि ज/८८ ९९९९९९ सम्मको नोट भदौ २६ बाट चलनचल्तीमा आउने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्