Logo

अर्थमन्त्री खतिवडालाई तत्काल बर्खास्त गर्न माग



काठमाडौँ, २६ भदौ । उल्टो नीति र ब्यवहार प्रदर्शन गरि गैरजिम्मेवार बनेको आरोप लगाउँदै स्वतन्त्र शेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा युवराज खतिवडालाई बर्खास्त गर्न माग गरेका छन् । डा अतिवडा पूँजीबजारका लागि गैरजिम्मेवार बनेको स्वतन्त्र शेयर लागानीकर्ताहरुको आरोप छ ।

हिजो भदौ २५ गते भृकुटीमण्डपमा बसेको ५० भन्दा बढी स्वतन्त्र शेयरकर्ताहरुले ३५ खर्बको पूँजीबजार क्षति भएर १४ खर्बमा झरि अर्थतन्त्र नै संकटमा परेको जनाउँदै यसबेला समेत अर्थमन्त्री खतिवडाले उल्टो नीति र ब्यवहार प्रदर्शन गरेको आरोप लगाएका छन् ।

लगानीकर्ताहरुले भेलाले पूँजी बजार संकटमा पर्नुमा मुद्रा तथा पूँजीबजारको सम्बन्धमा अध्ययन गर्न गठीत कार्यदलले दिएको ५८ बुँदै सुझाब २०७६ असार मसान्त भित्रै कार्यावन्यन नहुनु रहेको जिकिर गरेका छन् । उनीहरुले भदौ मसान्तभित्र ५८ बुँदे निर्णय बमोजिमका सबै कार्यहरु पूरा नगरे आफुहरु कडा संघर्षमा उत्रिने र यसको जिम्मेवारी सबै सरकारले व्यर्होने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्