Logo

पत्रकारितालाई मर्यादित र अनुशासित बनाउनु पर्ने: सभामुख



काठमाडौँ, २६ भदौ । सभामुख कृष्णबहादुर महराले पत्रकारितालाई स्वच्छ,मर्यादित र अनुशासित बनाउनु पर्ने बताएका छन् ।

आज संचारिका समुहको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले घरलाई स्वच्छ र अनुशासित बनाउन महिलाको भूमिका महत्वपूर्ण हुने भन्दै परिवर्तनको रक्षा र पत्रकारिताको गरिमालाई बचाउन पनि एक पटक महिला पत्रकारले विशेष पहल गर्ने बेला आएको बताए ।

समाज रुपान्तरण आवश्यक रहेको भन्दै सभामुख महराले त्यसका लागि नेतृत्वदायी अभियान चलाउन पनि आग्रह गरे ।

कार्यक्रममा पत्रकार महासंघका पूर्व सभापति शिव गाउँले, महासंघका उपाध्यक्ष विपुल पोखरेल लगायतले सरकार पत्रकारिताको स्वतन्त्र सिमा भन्दा बाहिर जान लागेकोले निरन्तर खबरदारी आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा सञ्चारिका समुहका पूर्व अध्यक्षहरुलाई सम्मान गरिनुका साथै क्रियाशील चार पत्रकारलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्