Logo

‘म त छम्म छम्म’को कभर डान्स प्रतियोगिता हुँदै



झापा, २५ भदौ । गायिका दिपा तामाङको आवाजमा रहेको गीत ‘म त छम्म छम्म’को ‘विश्व व्यापी कभर डान्स प्रतियोगिता’आयोजना भएको छ । केहि दिन अघिमात्र रिलिज गरिएको यस गीतको लागि ‘कभर डान्स प्रतियोगिता’को औपचारीक घोषणा गरीएको हो ।

अमासी राईको शब्द संगीतमा सजिएको ‘म त छम्म छम्म’को कभर डान्स प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ नगद तथा विभिन्न अवसरहरु प्राप्त गर्ने आयोजक आरविएनके डान्स स्टुडियोले जनाएको छ ।

प्रतियोगीहरुका लागि अगस्ट ३१ तारिखदेखि ढोका खुलिसकेको छ । जुनै उमेर समुहको भएपनि २ वा २ जना भन्दा बढीले नृत्य गरेर पुर्ण क्वालिटि एचडी भिडियो पठाउन आयोजकले आग्रह गरेको छ ।

प्रतियोगिहरुका लागि आगामि अक्टुबर २२ तारिकसम्म म्याद रहेकाले कलाकारले आफ्नो विवरणसहित भिडियो पठाउनु पर्ने आरविएनके डान्स स्टुडियोका प्रमुख तथा कोरीयोग्राफर नरमान राईले बताए । युट्युबको भ्युज ४० प्रतिशत र जजको मुल्याङ्कन ६० प्रतिशतको आधारमा विजेता घोषणा गरिने भएकाले अक्टोबर २६ सम्मको भ्युजलाई मात्र मान्यता दिइने जनाईएको छ ।

प्रतियोगिताको जजहरुमा चर्चित कोरीयोग्राफर तथा मोडल गम्भीर विष्ट,नेपाल–अमेरिका फिल्म आर्टीस्ट एसोसिएसनका प्रमुख नवराज श्रेष्ठ, आरबीएनके डान्स स्टुडीयोका फाउण्डर तथा नृत्य प्रशिक्षक प्रकाश तामाङ, भक्त खड्का, प्रशिक्षक चन्द कार्की र अमासी राई रहेका छन् ।

प्रतियोगिहरुको विजेता कात्तिक २७ गते घोषणा गरिने छ । प्रतियोगितालाई रोनक ज्वेलरी एण्ड गिफ्ट हाउस अमेरिकाले प्रायोजन तथा हिमालयन ग्रोसेरी एण्ड ड्रागन एसियन मार्केटले सह प्रायोजन गरेको छ । भिडियो पठाउनका लागि इमेल [email protected]  रहेको छ । थप जानकारिका लागि यो भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्