Logo

अर्जुन कुमारको ‘चपली हाइट ३’ मा सुपुष्पाको इन्ट्री



काठमाडौँ, २५ भदौ । निर्माता अर्जुन कुमारले ‘चपली हाइट–३’ निर्माणको औपचारिक घोषणा गरेका छन् । मंगलबार प्रेसमिट गर्दै निर्माता कुमारले चपली हाइट ३ निर्माण बारे विस्तृतमा जानकारी दिए ।

एडल्ट प्रस्तुतीका कारण चर्चित रहेको चपली हाइटको तेश्रो सिक्वेललाई निकेश खड्काले निर्देशन गर्नेछन् । अर्जुन कुमारले नै बनाएको फाटेको जुत्ताबाट निकेशले फिल्म निर्देशनको सुरुवात गरेका थिए । यसअघिका दुई सिक्वेलको लेखन तथा निर्देशन दिपेन्द्र के।खनालले निर्देशन गरेका थिए ।

अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले संयुक्त रुपमा निर्माण गर्ने फिल्मबाट फिल्म क्षेत्रमा महेश त्रिपाठीले नायकको रुपमा डेव्यु गर्दैछन् भने नायक आमिर गौतमले निरञ्तरता पाएका छन् । यस्तै नायिका सुपुष्पा भट्ट र नवनायक प्रतिक श्रेष्ठको पनि ‘चपली हाइट ३’ अभिनय रहेनछ । फिल्मलाई यस वर्षको अन्त्यमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

यस्तै निर्मात अणा शर्जुन कुमारले अन्य दुई फिल्म निर्माणको घोषणा गरेका छन् । ‘फाटेको जुत्ता’ को दोस्रो श्रृंखला र ‘खै’ नामक फिल्म बनाउने निर्माता कुमारको योजना छ । चपली हाइट ३ लाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । संगीत भने अर्जुन आफ्नै र प्रवेश मल्लिकको रहनेछ ।

प्रतिक्रिया दिनुहोस्