Logo

बलात्कारको आरोपमा इञ्जिनियर पक्राउ



बैतडी, २५ भदाै । बलात्कारको आरोपमा मंगलबार साँझ प्रहरीले इञ्जिनियरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनियर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुनाले अनुसन्धानका लागि डडेल्धुरा पठाइने प्रहरी प्रवक्ता चन्दको भनाइ छ । सव–इञ्जिनीयर पढ्दै गरेकी किशोरी नगरपालिकामा ओजेटी गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्