Logo

डिजेल र पेट्रोलको मूल्य घट्यो



काठमाडौं, २४ भदौ । नेपाल आयल निगमले डिजेल/मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । 

आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

मूल्य घटेसँगै प्रतिलिटर डिजेल/मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ । 

निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्र्याउँदै छ । पाइपलाइनाबाट इन्धन भित्र्याउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्