Logo

आइफोन प्रयोगकर्तालाई खुसीको खबर, फोन बिग्रंदा आत्तिनु नपर्ने



एजेन्सी, १३ भदौ । आइफोन प्रयोगकर्ताले अहिले सम्म भोग्दै आएको एक महत्वपूर्ण समस्याबाट अब मुक्ति पाउने भएका छन् । वारेन्टी सकिएपछी फोनमा कुनै समस्या देखिएमा बनाउन एप्पलकै सर्भिस सेन्टरमा जानुपर्ने बाध्यता अब अन्त्य हुने भएको छ ।

अब एप्पलले आइफोनका अधिकारिक पार्ट्सहरु अब स्वतन्त्र रिपेयर सेन्टरलाई पनि बिक्रि गर्न दिने निर्णय गरेपछी आइफोनका प्रयोगकर्ताले खुसि व्यक्त गरेका छन् । फोनमा कुनै खराबी देखिएमा सर्भिस सेन्टर कहाँ होला भनेर आत्तिनुपर्ने अवस्थाबाट प्रयोगकर्ताले राहत पाउने भएका हुन् । हालसम्म एप्पलले आफ्ना असली पार्टरपुर्जा आफ्नै मर्मत केन्द्रमा मात्र राख्ने गरेको थियो ।

आफ्ना ग्राहकको सुबिधालाई ध्यानमा राख्दै एप्पलले स्वतन्त्र रिपेयारिंग सेन्टरलाई पनि आधिकारिक सर्भिस प्रोभाईडरको मान्यता दिने योजना बनाएको हो । हाललाई अमेरिकामा मात्र प्रयोग गरिएको यस्तो सुबिधा चांडै विश्वभर बिस्तार गरिने आइफोन उत्पादक कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्