Logo

राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता



काठमाडौं, ५ भदौ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री सुब्रमन्यम जयशंकर ९एस जयशंकर०ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न विदेश मन्त्री जयशंकर बिहीबार विहान बिहीबार विहान राष्ट्रपति भवन शितल निबास पुगेका थिए ।

भेटवार्ताका क्रममा दुई देशबीचको सम्बन्ध, नेपालमा जारी नेपाल–भारत संयुक्त आयोगको बैठकलगायत विषयमा छलफल भएको जनाएको छ ।

विदेश मन्त्री जयशंकर नेपाल भारत संयुक्त बैठकमा सहभागी हुन बुधबार नेपाल आएका थिए ।

बुधबारदेखि काठमाडौंमा शुरु भएको नेपाल भारत संयुक्त आयोगको बैठक बिहीबार सम्पन्न हुने छ ।

प्रतिक्रिया दिनुहोस्