Logo

वर्कशपमा आगलागी हुँदा ५ वटा गाडी जलेर नष्ट



काठमाडौं, ५ भदौ । काठमाडौंको बालाजु औद्योगिक क्षेत्र भित्र रहेको अमेरिकी मोटर उत्पादक कम्पनी फोर्डको वर्कशपभित्र आगलागी भएको छ ।

औद्योगिक क्षेत्रभित्र भएको आगलागीका कारण वर्कशपमा रहेका ५ वटा गाडी जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तम सुवेदीले सेना, प्रहरी तथा सशस्त्र प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जानकारी दिए ।

‘आगो अहिले नियन्त्रणमा आइसकेको छ,’ एसएसपी सुवेदीले भने, ‘अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्