Logo

नेकपा सचिवालय बैठक स्थगित



काठमाडौँ, ३ भदौ । आजका लागि डाकिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित भएको छ । मङ्गलबार दिउँसो तीन बजेका लागि बोलाइएको बैठक पर्याप्त गृहकार्य नभएको भन्दै स्थगित गरिएको नेकपाले जनाएको छ ।

आजको सचिवालय बैठकमार्फत पार्टीको पोलिट्ब्युरो कमिटी र विभिन्न आयोगहरु गठनबारे छलफल गर्ने बताइएको थियो । नेकपामा विभिन्न आयोग सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी र प्रवास सङ्गठनको एकता घोषणा हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्