Logo

श्रीमती र नाबालक छोराको जिउमा तेल छर्केर आगो लगाउने व्यक्ति पक्राउ



धादिङ, ३ भदौ । आफ्नै श्रीमती र नाबालक छोराको जिउमा तेल छर्केर आगो लगाउने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको सिद्धलेख गाउँपालिका–१ धारापानी घर भएको जीवेश लम्साल छन् ।जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार जीवेशले घरायसी विवादका कारण आफ्नै श्रीमती बिमला लम्साल र २ वर्षीया छोराको जिउमा तारपिनको तेल छर्केर आगो लगाएका थिए ।

जीवेशले आगो लगाएका कारण आमा र छोरा घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको अहिले जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले जीवेशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्