Logo

विमानस्थल घटनामा पारसले माफी मागे



काठमाडौं, ३ भदौ । आइतबार त्रिभुवन विमानस्थलको भीभीआईपी कक्षको प्रवेशद्वारा प्रहरीका सईमाथि दुरव्यवहर गरेको भन्दै चौतर्फी आलोचना खेपेका पूर्वयुवराज पारसले माफी मागेका छन् । उनले आफ्नो छोरा ह्दयेन्द्रको मुखमा पुलिसको डन्डा देखेपछि आफूले रिस खप्न नसकेको भन्दै फेसबुकमार्फत सोमबार माफी मागेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्– ‘मैले हिजो विमानस्थलमा भएको कुरा आफ्ना मानिसहरुलाई बताउनैपर्छ। मेरी आमा वायोप्सीका लागि बैंकक जाँदै हुनुहुन्थ्यो। पछिल्लो समयमा मेरो खराब मुड चलिरहेको छ। त्यहीमाथि मैले मेरो छोराको अनुहारमा प्रहरीको डन्डा देखेपछि होस गुमाए। म सम्बन्धित पक्षसँग माफी चाहन्छु। तर मेरो ठाउँमा अर्को जोसुकै नेपाली बुवा भए पनि त्यही गर्थ्यो। बाँकी म यसबारे निर्णय गर्न नेपाली जनतालाई छाड्न चाहन्छु।’

यद्यपि, उक्त फेसबुक एकाउन्ट पारसको आधिकारिक हो होइन भन्ने पुष्टि भएको छैन । डियुटीमा रहेको प्रहरी अधिकृतमाथि संवेदनशील क्षेत्रमा हातपात भएको विषय चौतर्फी उठेपछि प्रहरीले आन्तरिक छानविन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्