Logo

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक



काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

अपरान्ह पाँच बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई सर्वदलीय बैठकमा बोलाएका हुन् ।

उनी प्रधानमन्त्रीमा निर्वाचित भएको १७ महिनापछि पहिलो पटक सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्याय निरुपण सम्बन्धी विवाद समाधानका लागि दलहरुको धारणा बुझ्न खोज्नुभएको बताइएको छ ।

सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरूको छानविनसम्बन्धी आयोग गत फागुनदेखि पदाधिकारीबिहीन छन् ।

आयोगमा पदाधिकारी सिफारिससम्बन्धी समिति बनाएर आवेदन आह्वान गरिएता पनि कुन आयोगको नेतृत्व कुन दल निकटका व्यक्तिलाई दिने भन्ने विषयमा प्रमुख दलहरुबचि सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्