Logo

तेल ट्याङ्कर विस्फोटमा परी बीस जनाको मृत्यु



एजेन्सी, २ भदौ । पश्चिम उगान्डामा आइतबार तेलको ट्याङ्करमा आगलागी हुदाँ कम्तीमा २० व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । उगान्डाको पश्चिम भागमा पर्ने जिल्ला रुबुरिजी तेलको टयाङ्करमा आगलागी भएको प्रहरीलाई उद्धृत गर्दै अनाडोलु समाचार समितिले जनाइएको छ ।

केन्याबाट कङ्गोतर्फ गईरहेको सो तेल ट्याङ्करमा आगलागी भएको थियो । चालकले नियन्त्रण गुमाएपछि रोकिराखेको एक सवारी साधन ट्याङ्कर ठोक्ँिकदा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्