Logo

अनुष्काको हट तस्वीर देखेपछि विराटको यस्तो रियाक्सन



एजेन्सी, २ भदौ । बलिउड अभिनेत्री अनुष्का शर्मा र विराट कोहली चर्चामा रहिरहन्छन् । उनी आजभोलि वेस्टइन्डिजमा म्याच खेलिरहेका छन् । अनुष्का पनि पतिसँग उतै छिन् ।

अनुष्काको एक तस्वीर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । जसमा उनी बिकिनी अवतारमा देखिएकी छिन् । उनी खुबै हट पनि देखिएकी छिन् । उनले तस्वीरका साथ लेखेकी छिन् – सन किस्ड एण्ड ब्लेस्ड । तस्वीरमा अनुष्का मुस्कुराएकी छिन् ।

अनुष्काको यो तस्वीरमा विराट कोहलीले कमेन्ट गरेका छन् । विराटले उक्त तस्वीरमा स्माइलीका साथै एउटा हर्ट इमोजी पनि दिएका छन् । विराटको कमेन्टमा पनि कैयन् प्रतिक्रिया आएका छन् ।

अनुष्का पछिल्लो समय कुनै पनि फिल्ममा काम गरिरहेकी छैनिन् । उनले आफ्नो समय विराटलाई नै दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्