Logo

चर्चित अभिनेता कोमललाई कारबाट तानेर कुटेपछि….



एजेन्सी, २ भदौ । कन्नड फिल्म अभिनेता कोमलमाथि बेंगलुरुमा कुटपिट भएको छ । वास्तवमा कोमल चढेको कारले ती युवकको बाइक सामान्य कोरेपछि रिसाएका युवकले उनीमाथि कथित रुपमा कुटपिट गरेका हुन् । पुलिसले यसबारे जानकारी दिएको हो ।

पुलिसका अनुसार कोमल आफ्नी छोरीलाई ट्युशन छोड्न गएका थिए, त्यतिबेला नै बेला मल्लेश्वरममा यो घटना भएको हो । ती युवक नशामा भएको पनि आरोप लगाइएको छ ।

पुलिसका अनुसार कोमलको अनुहारमा केही चोट लागेको छ । उनलाई घटनापछि अस्पताल लगिएको र सामान्य उपचारपछि उनलाई घर लगिएको छ ।

जानकारीका अनुसार जब अभिनेतामाथि कुटपिट भइरहेको थियो तब स्थानीयले घटनामाथि हस्तक्षेप गरे जसका कारण अप्रिय घटना हुन पाएन ।

प्रतिक्रिया दिनुहोस्