Logo

‘कृ’ लाई एक दिनमै १८ लाख भ्युज



काठमाडौँ, १ भदौ । युवा स्टार अनमोल केसी स्टारर फिल्म ‘कृ’ युटुवमा अपलोड भएको छ । अनमोलको एक्सन फिल्मलाई अपलोड भएको छोटो समयमा धेरै दर्शकले हेरेका छन् ।

अनमोलको कृ लाई युटुवमा एक दिनमै करिब १८ लाख पटक हेरिएको छ भने ट्रेन्डिङको शिर्ष स्थानमा पनि उक्लिएको थियो । हाल ‘कृ’ युटुव ट्रेन्डिङ्गको दोश्रो स्थानमा छ । फिल्म हेरेर अनमोलका फ्यानले उनको एक्सनको प्रशंसा गरेका छन् ।

भुवन केसी र सुवास गिरीको संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘कृ’ लाई सुरेन्द्र पौडेलले निर्माण गरेका हुन् । फिल्ममा अनमोलसँगै अनुप विक्रम शाही र अदीति बुढाथोकीको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्