Logo

विद्यार्थीले बनाए हुलाकी राजमार्गमा जेब्रा क्रस



झापा, १ भदौ । झापाको हल्दिबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीले हुलाकी राजमार्गमा आज जेब्रा क्रस बनाएका छन् । विद्यालयमा रचनात्मक कार्य गर्न गठन गरेको स्टुडेन्टस क्रिएटिभस फोरमले हुलाकी राजमार्गमा जेब्रा क्रस बनाएका हुन् ।

ट्राफिक प्रहरी भद्रपुर , जलथल प्रहरी चौकी ,सामुदाय प्रहरी साझेदारी हल्दिबारी गाउँपालिका र सामुदाय प्रहरी साझेदारी हल्दिबारी गाउँपालिका वडा नम्बर ३ सँग सहकार्य गरि जेब्रा क्रस निर्माण गरेको स्टुडेन्टस क्रिएटिभस फोरमका अध्यक्ष अबिशेक खतिवडाले जानकारी दिए ।

चिल्ड्रेन गार्डेनका विद्यार्थीले बनाएको जेब्रा क्रसकवाट अन्य विद्यार्थी र गाउँ समाजले सिक्न जरुरी रहेको ट्राफिक प्रहरी भद्रपुरका ट्राफिक राजु राजबंशिले बताए । उनले बिद्यालय परिवार कक्षा ११,१२ र शिक्षकद्धारा बनाइएको जेब्रावाट सबैलाई केहि सिक्न आग्रह गरे ।

कार्यक्रममा भद्रपुर ट्राफिक प्रहरी राजु राजबंशि,जलथल प्रहरी चौकीका असइ एकराज फुयाल ,प्रहरी धर्मेन्द्र पन्डित ,चिल्ड्रेन गार्डेन बिद्यालयका शिक्षकहरु, चिल्ड्रेन गार्डेन स्टुडेन्टस क्रिएटिभस फोरमका विद्यार्थी हरु , पन्चायत माध्यमिक बिधालयका प्रधानाध्यापक कृष्ण बन , महेन्द्र माध्यमिक बिधालयका प्रधानाध्यापक गंगाराम खरेल र स्थानीयको उपस्तिथि रहेको थियो।

प्रतिक्रिया दिनुहोस्