Logo

विवाह समारोहमा बम विस्फोट हुदा ३६ जनाको मृत्यू, १८० बढी घाइते



एजेन्सी, १ भदौ । अफगानिस्तानको राजधानी काबुलमा एउटा विवाह समारोहमा भएको बम विस्फोटनमा परि ६३ जना मारिएका छन् । विस्फोटमा १८० जनाभन्दा बढी मानिस घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार एक आत्मघाती हमलाकारीले विवाह समारोहमा बम विस्फोट गराएका थिए । विस्फोटनपछि धेरै मानिस हताहत भएको देखेको उनीहरूले बताएको बीबीसीले उल्लेख गरेको छ ।

स्थानीय समयअनुसार राति १० बजेर ४० मिनेटमा शहरको पश्चिम भागमा रहेको शिया मुस्लिम बहुल क्षेत्रमा उक्त विस्फोट भएको थियो । अहिलेसम्म बिस्फोटको कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

तालिबान, इस्लामिक स्टेट समूह र सुन्नी मुस्लिम विद्रोहीहरूले अफगानिस्तान र पाकिस्तानमा रहेका शिया हजारा अल्पसङ्ख्यकहरूलाई बारम्बार निसाना बनाउने गरेका छन् ।

काबुलको एक प्रहरी चौकीमा १४ जनाको ज्यान जाने र १५० जनालाई घाइते तुल्याउने गरी ठूलो बम विस्फोटन गराइएको १० दिनपछि पछिल्लो हमला भएको छ। तालिबानले पछिल्लो हमला आफूले गराएको बताएको छ ।

शुक्रवार पाकिस्तानको क्वेटा सहरमा एक मस्जिद नजिकै राखिएको बम विस्फोट हुँदा तालिबान नेता हिबतुल्लाह अखुन्डजादाका भाइ मारिएका थिए। त्यो आक्रमणको कुनै समूहले जिम्मेवारी लिइसकेको छैन ।

अफगानिस्तानको गुप्तचर निकायको एक सूत्रले बीबीसीलाई बताएअनुसार तालिबान नेता हिबतुल्लाह अखुन्डजादा आफैँ त्यो मस्जिदमा प्रार्थना गर्न जाने कार्यक्रम थियो । सायद उनैलाई निसाना बनाउने योजना थियो ।

प्रतिक्रिया दिनुहोस्