Logo

भारतीय र पाकिस्तानी दुतावास अगाडि प्रदर्शन गरिने



एजेन्सी, ३१ साउन । पछिल्लो समय भारत र पाकिस्तानबीच बढ्दै गएको तनाव, सीमान्त क्षेत्रमा भएको गोलाबारी र हताहतीका घटनाप्रति ‘मानव अधिकार तथा शान्ति समाज’ गहिरो चिन्ता व्यक्त गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै ‘मानव अधिकार तथा शान्ति समाज’ले भारत र पाकिस्तानबीच तनाव चुलिँदै गएमा दक्षिण एशियाको शान्ति भंङ्ग हुने र त्यसले विश्व शान्ति नै खलबल्याउने हुँदा द्वन्द चर्काउन नभई घटाउन र त्यसका लागि संवाद अघि बढाउन भारत र पाकिस्तानका सरकारलाई आग्रह समेत गरेको छ ।

सााथै यस्तो अवस्थामा ३४ वर्ष अगाडि स्थापना भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क निस्कृय अवस्थामा रहनु दुर्भाग्यपूर्ण रहेको जनाएको । भारत र पाकिस्तानबीच द्वन्द्ध घटाउन र सद्भाव बढाउनका लागि सार्कलाई सक्रिय बनाउन सार्कका सबै देशहरुले पहल गरुन भन्ने आग्रहसमेत गरेको छ ।

यसैगरी भारत पाकिस्तानबीचको तनाव मथ्थर पार्ने दिशामा अन्तराष्ट्रिय समुदायले योगदान गर्नुपर्ने बताएको छ । आणविक अस्त्रको उन्मादमा चुर्लुम्म डुबेका भारत र पाकिस्तानबीच बढ्दो तनावलाई मथ्थर पार्न, युद्धको होइन शान्तिको भाषा बोल्न, संवाद र सहकार्य प्रवद्र्धन गर्न र निष्कृय रहेको सार्कलाई सक्रिय बनाउन आग्रहसहित आगामी भदौ ३ गते मंगलबारका दिन काठमाडौंस्थित भारतीय दुतावास )लैनचौर) र पाकिस्तानी दुतावास )महाराजगञ्ज) अगाडि दिउँसो २ बजेदेखि ३ बजेसम्म एकसाथ एकघण्टा धर्ना प्रदर्शन आयोजना गरेको छ । उक्त धर्ना प्रर्दशनमा समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरुको सहभागिता रहने बताइएको छ ।

युद्ध विरोधी संस्था शान्ति समाजले २४ वर्षदेखि युद्ध र आणविक अस्त्रको विरोध गर्दै आएको छ । यसै क्रममा युद्धका कुनै पनि सम्भावनालाई खारेज गर्न आह्वानसहित आधा दशक अगाडिदेखि ‘युद्ध निषेधः शान्ति विशेष’ अभियान तीव्र पार्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्