Logo

भारत–पाकिस्तान नियन्त्रणरेखामा गोली हानाहान, ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु



एजेन्सी,३१ साउन । भारत प्रशासित कश्मीर पाकिस्तान प्रशासित कश्मीरबीचको सीमा रेखामा तनाव भएको छ । सो नियन्त्रण रेखामा हिजो गालीबारी हुँदा आफ्ना ३ सैनिक र ५ भारतीय सैनिकको ज्यान गएको जनाइएको छ ।

सो नियन्त्रण रेखालाई एलओसी समेत भनिन्छ । वर्षैँदेखि विवादका रुपमा रहिआएको कश्मीरमा भारतले अब भारतका अन्य प्रान्त जस्तै बनाएपछि पछिल्लो समय भारत र पाकिस्तानबीच युद्ध चर्कीको छ । पाकिस्तानी सेनाका मेजर जनरल आसिफ गाफुरले आफ्ना ३ सैनिक र ५ भारतीय सैनिकको ज्यान गएको बताएका छन्।

भारतीय सेनाले सीमा क्षेत्रमा गोली प्रहार गरेपछि जवाफी फायरिङ गरिएको गाफुरको ट्विटमा उल्लेख गरिएको छ। ट्विटमा केही भारतीय सैनिक घाइते भएको समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्